मध्यपूर्व संकट : नेपालीको उडान प्रभावित, दूतावासद्वारा आपत्कालीन हटलाइन जारी

काठमाडौं। मध्यपूर्वमा बिग्रँदो सैन्य-राजनीतिक अवस्था र इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि त्यस क्षेत्रका विभिन्न मुलुकले हवाई क्षेत्रमा लगाएको प्रतिबन्धका कारण नेपाली यात्रुहरूको उडान तालिका प्रभावित भएको छ।

युएई, कतार, कुवेत र साउदी अरबलगायत देशले आफ्नो हवाई क्षेत्रमा लगाएको प्रतिबन्धका कारण उडान तालिकामा परिवर्तन, ढिलाइ र रद्द हुने क्रम बढेको छ। ट्रान्जिटमा रहेका वा यी गन्तव्यहरू हुँदै उडान भर्ने यात्रुहरूमा समस्या उत्पन्न भएको छ।

ती क्षेत्रमा अलपत्र परेका वा समस्या भोगिरहेका नेपाली नागरिकहरूलाई उडानको अवस्था र सम्भावित वैकल्पिक मार्गबारे जानकारी लिन सिधै सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरिएको छ।

आपत्कालीन अवस्थामा नेपाली राजदूतावासको २४सै घण्टा सञ्चालन हुने हटलाइन नम्बर +९७७-९८०१०४७१८७ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

यात्राको योजना बनाउँदा हालको अवस्थालाई मध्यनजर गर्दै उडान भर्ने कम्पनीहरूको आधिकारिक सूचनालाई नियमित रूपमा अनुगमन गर्न पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा अनुरोध गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button