मध्यपूर्व तनावबीच इजरायलस्थित चिनियाँ दूतावासद्वारा आफ्ना नागरिकलाई सतर्कता अपनाउन निर्देशन

काठमाडौं। मध्यपूर्व क्षेत्रमा बढ्दो जोखिमका बीच इजरायलको तेल अभिवमा रहेको चिनियाँ दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकहरूको सुरक्षाका लागि शुक्रबार एक सुरक्षा सतर्कता जारी गरेको छ।
दूतावासले जारी गरेको सूचनामा चिनियाँ नागरिकहरूलाई स्थितिको नियमित अनुगमन गर्न, इजरायली अधिकारीहरूले जारी गरेको सुरक्षा निर्देशनहरूको पालना गर्न, उच्च सतर्कता अपनाउन र आवश्यक सुरक्षा तथा आपत्कालीन उपायहरूलाई सुदृढ गर्न आग्रह गरिएको छ। साथै, अनावश्यक यात्राहरू नगर्न पनि भनिएको छ।
चिनियाँ नागरिकहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न नजिकैका बम आश्रयस्थल र उद्धार मार्गहरूबारे जानकारी राख्न पनि सुझाव दिइएको छ।
यसअघि मङ्गलबार जारी गरिएको सूचनामा पनि दूतावासले क्षेत्रीय सुरक्षा अवस्था तनावपूर्ण रहेको र थप गिरावटको सम्भावनालाई नकार्न नसकिने भन्दै चिनियाँ नागरिकहरूलाई सतर्क रहन र उचित सावधानी अपनाउन आग्रह गरेको थियो।





