निर्वाचनले जनताको विश्वास र गणतन्त्रप्रतिको प्रतिबद्धता प्रमाणित गर्यो : पुष्पकमल दाहाल

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ डोहोर्याउने एतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। विभिन्न आशंका र आशङ्काहरूलाई चिर्दै निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको भन्दै उनले यस सफलताका लागि सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रचण्डले एक वक्तव्य जारी गर्दै नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज र सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। ‘मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, असाधारण संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको अगाध विश्वासले हाम्रो राजनीतिक प्रणालीलाई अझ बलियो र सुदृढ बनाएको छ,’ उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री दाहालले आगामी दिनमा जनताको जारी गरेको ऐतिहासिक निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। निर्वाचनले लोकतन्त्रको मर्म र भावनालाई सार्थक बनाएको उल्लेख गर्दै उनले यसलाई नेपाली जनताको राष्ट्रप्रतिको अटल प्रतिबद्धताका रूपमा लिएको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button