समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको भारी मत अन्तर, कांग्रेस र एमाले पछि परे

काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गतको समानुपातिक मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी मत अन्तरका साथ अग्रता लिएको छ। हालसम्म गणना भएको कुल २१ लाख ३९ हजार ५४३ मतमध्ये रास्वपाले ५१ दशमलव ४९ प्रतिशत मत प्राप्त गरेको छ।

रास्वपाले ११ लाख १ हजार ६२५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस २६ दशमलव ९४ प्रतिशत मतसहित दोस्रो स्थानमा छ। कांग्रेसले ३ लाख ६२ हजार ४२० मत प्राप्त गरेको छ।

यस्तै नेकपा (एमाले) १३ दशमलव ६१ प्रतिशत मतसहित तेस्रो स्थानमा छ। एमालेले २ लाख ९१ हजार ८११ मत प्राप्त गरेको छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ५ दशमलव ९४ प्रतिशत मतसहित १ लाख २७ हजार १९१ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ दशमलव ६६ प्रतिशत मतसहित ७८ हजार ३२४ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले २ दशमलव ११ प्रतिशत मतसहित ४५ हजार ९४ मत प्राप्त गरेको छ।

प्राप्त मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उत्कृष्ट प्रदर्शन गरेको छ भने कांग्रेस र एमाले पहिलो र दोस्रो स्थानमा रहँदा पनि रास्वपाको मतसँग तुलना गर्दा निकै पछाडि परेका छन्। हालसम्मको मतगणना अनुसार साना दलहरूले पनि आ-आफ्नो उपस्थिति दर्ता गराएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button