सल्यानमा जनमतको भरोसा : रमेश मल्लले जितलाई जिम्मेवारीका रूपमा लिए

सल्यान — प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा जनताले देखाएको अमूल्य विश्वास र प्रेमप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उम्मेदवार रमेश मल्लले विजयलाई कुनै व्यक्तिगत उपलब्धि नभई जिम्मेवारी र उत्तरदायित्वको रूपमा लिने स्पष्ट पारेका छन्।

उनले निर्वाचनमा साथ दिएका आदरणीय मतदाताहरू—सल्यानका आमा-बुवा, दिदीबहिनी, दाजुभाइहरू—प्रति हार्दिक नमन गर्दै विश्वास गरेर निर्वाचन मैदानमा पठाउने क. प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरू, निर्वाचन अभियानका दौरान अभिभावकिय भूमिका निभाउने पार्टीका संयोजक कमरेड प्रकाश ज्वाला, सह-संयोजक टेकबहादुर बस्नेत र सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति विशेष आभार व्यक्त गरे।

सल्यान जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र सुव्यवस्थित रूपमा सम्पन्न गर्न खटिनुभएका प्रमुख निर्वाचन अधिकृत, निर्वाचन समिति, राजनीतिक दलका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी सबैमा पनि मल्लले धन्यवाद ज्ञापन गरेका छन्।

उनले यस जितलाई व्यक्तिगत सफलता नभई समृद्ध सल्यान निर्माण अभियानमा आमूल प्रयास गर्नुपर्ने जिम्मेवारीका रूपमा लिएको बताए। यसै क्रममा, उपविजेता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित चन्दसहित अन्य प्रतिस्पर्धी उम्मेदवारहरूप्रति पनि स्वस्थ प्रतिस्पर्धा र आगामी दिनमा सहकार्य गर्ने विश्वास व्यक्त गरे।

रमेश मल्लले मतदाताहरूसँग गरिएको वाचा सम्झिने र जनताको विश्वासलाई कहिल्यै खण्डित नगर्ने प्रतिबद्धता दोहोर्याउँदै भने, “यो जित हाम्रो साझा जिम्मेवारी हो, र समृद्ध सल्यान निर्माणको अभियानमा हामी सबैसँगै अघि बढ्नेछौँ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button