राजनीतिक वफादारी र आधुनिकीकरणको मार्ग : राष्ट्रपति सीद्वारा चिनियाँ सेनालाई नयाँ निर्देशन

बेईजिङ / चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ जनमुक्ति सेनालाई राजनीतिक वफादारी अभिवृद्धि गर्ने विशिष्ट क्षमताको पूर्ण उपयोग गर्दै आधुनिकीकरणको यात्रालाई तीव्रता दिन निर्देशन दिएका छन्। शनिबार दुई अधिवेशनका क्रममा सैन्य प्रतिनिधिहरूसँगको भेटवार्तामा राष्ट्रपति सीले सेनाको भूमिकालाई नयाँ परिप्रेक्ष्यमा परिभाषित गर्दै राष्ट्रिय सुरक्षा र समृद्धिका लागि बलियो, आधुनिक र वफादार सेना अपरिहार्य रहेको बताए।
राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण नेतृत्वमा सेनाले राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र विकासका उपलब्धिहरूको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले भने, ‘हाम्रो सेनाको सबैभन्दा ठूलो क्षमता भनेको राजनीतिक वफादारी र पार्टीप्रति समर्पित भावना हो। यसै शक्तिलाई आधुनिकीकरणसँग जोडेर लैजानुपर्छ।’
दुई अधिवेशनको पवित्र अवसरमा दिइएको यो निर्देशनले चिनियाँ सेनाको भावी मार्गचित्र स्पष्ट पारेको छ। राष्ट्रपति सीको यो अभिव्यक्तिले चीनको रक्षा क्षेत्रमा हुने गुणात्मक परिवर्तन र प्रविधिमैत्री सैन्य संरचनाको संकेत गरेको छ। साथै, पन्ध्रौं पञ्चवर्षीय योजनाको सफल कार्यान्वयनका लागि पनि बलियो र आधुनिक सेनाको आवश्यकता रहेको सन्देश प्रवाहित गरेको छ।
यस भेटवार्तामा सहभागी सैन्य प्रतिनिधिहरूले राष्ट्रपति सीको निर्देशनलाई आत्मसात गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र जनताप्रति अटल वफादारी रहने र राष्ट्रिय सुरक्षाको हरेक चुनौतीको सामना गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।





