रवि र बालेनलाई मोदीको फोन : ‘नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरेका छन्। दुई नेतासँगको कुराकानीपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत चुनावमा रास्वपाले हासिल गरेको सफलताप्रति बधाई सन्देश व्यक्त गरेका हुन्।

प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा रास्वपा नेतृत्वलाई चुनावमा पार्टीले हासिल गरेको ‘ठूलो सफलता’ का लागि बधाई दिँदै नवगठित सरकारलाई शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘दुई देशबीचको आपसी समृद्धि, प्रगति र भलाइका लागि काम गर्ने भारतको प्रतिबद्धता रहेको छ।’

भारतीय प्रधानमन्त्रीले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्। मोदीले फेसबुक र एक्समा राखेको पोस्टमा रास्वपा, रवि लामिछाने र बालेन्द्र शाहलाई मेन्सन गरिएको छ। दुई नेतासँगको टेलिफोन वार्ताले नेपाल–भारत सम्बन्धका लागि सकारात्मक सन्देश गएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button