श्रीलंकाको समुद्री सीमानजिक इरानी युद्धपोतमा अमेरिकी आक्रमण: कोलम्बोलाई पूर्वजानकारी नभएको प्रष्टोक्ति

काठमाडौं / श्रीलंकाको समुद्री सीमानजिकको क्षेत्रमा इरानी युद्धपोत आइआरआइएस डेनामा भएको अमेरिकी आक्रमणबारे श्रीलंकालाई पूर्वजानकारी नदिइएको एक मन्त्रीले मंगलबार बताएका छन्।

साप्ताहिक मन्त्रिपरिषद् पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसञ्चार मन्त्री नलिन्दा जयतिस्साले घटनाको जानकारी पाएपछि श्रीलंकाको नौसेनाले सकेसम्म चाँडो प्रतिक्रिया जनाएको बताए।

जयतिस्साले श्रीलंकालाई यस घटनाको जानकारी सर्वप्रथम कसले दियो भन्नेबारे आफूलाई जानकारी नभएको बताए।

उनले ३२ जनालाई जीवितै उद्धार गरिएको र तीमध्ये १० जनाको अझै उपचार भइरहेको जानकारी दिए। खोजी अभियानका क्रममा कूल ८७ वटा शव फेला पारिएको उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button