त्रिभुवन विमानस्थलबाट १.२५ लिटर गाँजाको तेलसहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिक गाँजा (भाँगो) को तेलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। उनीमाथि १.२५ लिटर गाँजाको तेल बोकेको आरोप छ।
शुक्रबार एयर इन्डियाको एआई २१८ नम्बरको जहाजबाट भारत उड्न लागेको समयमा उनी पक्राउ परेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरी पेट्रोभलाई लागूऔषध अनुसन्धान ब्यूरोलाई जिम्मा लगाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





