१२औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय एकीकृत संस्कृति मञ्च : सेप्टेम्बरमा कला र प्रविधिको ऐतिहासिक सम्मिलन

काठमाडौं / २४ देखि २६ सेप्टेम्बरसम्म रूसको सेन्ट पिटर्सबर्ग सहरमा १२औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय एकीकृत संस्कृति मञ्च हुने भएको छ। फोरमको आयोजना रोस्कोन्ग्रेस फाउन्डेसनले रूसी सरकार, संस्कृति मन्त्रालय तथा सेन्ट पिटर्सबर्ग प्रशासनको सहयोगमा गरिरहेको छ।

नेभा नदीको किनारमा हुने यो प्रतिष्ठित कार्यक्रमले आफ्नो १२औं संस्करणमा प्रवेश गरेको छ। परम्परागत रूपमा हुने यस खुला संवादमा व्यावसायिक समुदाय, सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधिहरूले आपसी अनुभव आदानप्रदान गर्नेछन् भने सांस्कृतिक तथा मानवीय सहयोगका समसामयिक विषयहरूमा छलफल गर्नेछन्।

मञ्चमा संस्कृति निर्माण, ऐतिहासिक सम्पदाको भूमिका, विभिन्न सामाजिक पक्षहरूमा कृत्रिम बौद्धिकताको प्रभाव, आधुनिक संस्कृतिमा यसको योगदान तथा सांस्कृतिक सम्पदा संरक्षणजस्ता विषयलाई प्राथमिकताका साथ उठाइनेछ।

गत वर्ष यस मञ्चमा ५० देशका आधिकारिक प्रतिनिधिमण्डल र ६ अन्तर्राष्ट्रिय संगठनका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। संग्रहालय, रंगमञ्च, सिनेमा, सङ्गीत तथा मिडियालगायत कलाका सबै प्रमुख विधामा सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र सरकारी अधिकारीहरूबीच गहन छलफल भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button