‘नेतृत्व अनुमानयोग्य हुनुपर्छ’ : संविधानविद आचार्यको रास्वपा नेता बालेनलाई परोक्ष टिप्पणी

संविधानविद वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह तथा अन्य नयाँ राजनीतिक शक्तिहरूप्रति परोक्ष रूपमा इंगित गर्दै अबको नेतृत्व ‘अनुमानयोग्य’ हुनुपर्ने धारणा व्यक्त गरेका छन्। नेपालको प्रमुख समस्या नेतृत्वको अपारदर्शिता नै भएको उल्लेख गर्दै उनले भावी प्रधानमन्त्री र मन्त्रीहरूको आचरण रहस्यमय रहन नहुने तर्क गरे।

डा. आचार्यले विधिको शासनले प्रधानमन्त्रीको हरेक क्रियाकलाप नागरिकले सहजै अनुमान गर्न सक्ने हुनुपर्ने माग गर्ने बताए। “प्रधानमन्त्री कहाँ सुत्छ, कहाँ जाँड खान्छ, कहाँ के गर्छ, त्यो सब रहस्यमय हुनु हुँदैन,” उनले भने, “सार्वजनिक पदमा पुगेपछि प्रत्येक क्रियाकलाप पारदर्शी हुनुपर्छ। यो व्यक्तिले यो हदभन्दा बढी गल्ती गर्न सक्दैन भन्ने कुरा अनुमानयोग्य हुनुपर्छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button