चीनद्वारा युरोपेली संघको प्रतिबन्धको कडा विरोध : साइबर आक्रमणको बहानामा लगाइएको प्रतिबन्ध अवैध र अस्वीकार्य

बेइजिङ / चीनले युरोपेली संघले आफ्ना कम्पनीहरूमाथि लगाएको गैरकानूनी एकपक्षीय प्रतिबन्धको कडा विरोध गरेको छ। युरोपेली संघले सोमबार चीनमा रहेका दुई कम्पनी र एक इरानी कम्पनीमाथि आफ्ना सदस्य राष्ट्रहरूमाथि भएको साइबर आक्रमणको आरोपमा प्रतिबन्ध लगाएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले मंगलबार नियमित पत्रकार सम्मेलनमा यस विषयमा प्रतिक्रिया दिँदै युरोपेली संघलाई आफ्नो गलत अभ्यास सच्याउन र साइबरस्पेसमा शान्ति, स्थिरता र समृद्धि कायम राख्न जिम्मेवार एवं रचनात्मक ढंगले चीनसँग सहकार्य गर्न आग्रह गरे।
“चीन युरोपेली संघले चिनियाँ कम्पनीहरूविरुद्ध लगाएको गैरकानूनी एकपक्षीय प्रतिबन्धको कडा विरोध गर्दछ,” प्रवक्ता लिनले भने, “हामी युरोपेली संघलाई आफ्नो गलत अभ्यास सच्याउन र साइबरस्पेसमा शान्ति, स्थिरता तथा समृद्धि कायम राख्न जिम्मेवार एवं रचनात्मक ढंगले चीनसँग सहकार्य गर्न आग्रह गर्दछौं।”
चीनले युरोपेली संघको यो कदमलाई अनुचित र अस्वीकार्य भन्दै यसले द्विपक्षीय सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी समेत दिएको छ। चीन र युरोपेली संघबीच साइबर सुरक्षाको विषयमा लामो समयदेखि वार्ता तथा सहकार्य हुँदै आएकोमा हालैको यो प्रतिबन्धले दुई पक्षबीचको सम्बन्धमा नयाँ तनाव उत्पन्न भएको छ।





