इरानमा ठूलो क्षति : राष्ट्रिय सुरक्षा परिषदका सचिव अली लारिजानीको हमलामा मृत्यु, इजरायलले गरेको आक्रमणको दाबी

तेहरान / इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव अली लारिजानीको एक हमलामा मृत्यु भएको इरानी समाचार एजेन्सी तस्निमले बुधबार बिहान जनाएको छ। परिषदको एक विज्ञप्ति उद्धृत गर्दै तस्निमले लारिजानीको मंगलबार बिहान उनका छोरा मुर्तजा लारिजानी, परिषद सचिवालयका सुरक्षा उपसचिव अलिरजा बयात र अन्य धेरै व्यक्तिसँगै मृत्यु भएको जनाएको छ।

परिषद्ले लारिजानीको इरानको विकासका लागि दीर्घकालीन सेवाको प्रशंसा गर्दै बाह्य खतराको सामना गर्न राष्ट्रिय एकताको आह्वान गरेको छ। मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानमा जारी हमलामा इजरायलले लारिजानीलाई मारेको बताएका थिए।

यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले मंगलबार बासिज स्वयंसेवक फोर्सका प्रमुख गोलामरेजा सुलेमानीको अमेरिकी-इजरायली हमलामा मृत्यु भएको पुष्टि गरेको छ। यी मृत्यु फेब्रुअरी २८ मा सुरु भएको संयुक्त अमेरिकी-इजरायली हमलापछि क्षेत्रीय तनाव चरम सीमामा पुगेको बेला भएको हो, जसको जवाफमा इरान र यसका क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वभर इजरायली र अमेरिकी हितहरूमाथि आक्रमण गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button