२६ भाद्र २०८३, शुक्रबार

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ भथौराका ७० वर्षीय दुखी महतोलाई उनको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको हो।

त्यस्तै, वीरगन्ज महानगरपालिका वडा नं. २१ परवानीपुरबाट एक भारतीय नागरिकलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button