१३ कार्तिक २०८३, बिहीबार

लिभरपुल र सिटी टाइब्रेकरबाट लिगकपको क्वाटरफाइनलमा

ड्रागन मिडिया सम्वाददाता

लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिगकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। उपाधि रक्षा गरिरहेको म्यानचेस्टर सिटी पनि ब्राइटनलाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम आठमा पुगेको छ।

एनफिल्डमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि लिभरपुलले पेनाल्टी सुटआउट ६–५ ले जित्यो। एतिहाडमा सिटी र ब्राइटनले २–२ को बराबरी खेले। त्यसपछि भएको टाइब्रेकरमा सिटी ४–३ ले विजयी भयो।

प्रतियोगिताका अन्य खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई १–०, सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई ३–२ र बर्नमाउथले एस्टन भिल्लालाई ३–० ले पराजित गरे।

क्वाटरफाइनलमा लिभरपुलले बर्नमाउथ, क्रिस्टल प्यालेसले सन्डरल्यान्ड र म्यानचेस्टर सिटीले ब्राडफोर्ड सिटीसँग खेल्नेछन्। फ्लिटवुड टाउनले एभरटन र न्युकासलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button