३१ भाद्र २०८३, बुधबार

तेस्रो पटक सर्वदलीय बैठक बोलाउँदै रवि, शीर्ष नेताहरूलाई निमन्त्रणा

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

यसअघि लामिछानेले भदौ १० र १६ गते पनि सर्वदलीय बैठक आयोजना गरेका थिए। भदौ १० गतेको पहिलो बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। बैठकले राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने र प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो।

भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि भदौ १६ गते दोस्रो सर्वदलीय बैठक बसेको थियो। दोस्रो तहका नेताहरू सहभागी उक्त बैठकले नेपालमा विपदको दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button