रास्वपा सचिवालय बैठक आज बस्दै

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीका साङ्गठनिक विषयमा छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठक काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा बस्नेछ।
बैठकमा पार्टीको भावी रणनीति, पछिल्ला राजनीतिक घटनाक्रम र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।





