१५ कार्तिक २०८३, शनिबार

१४ सदस्यीय चिनियाँ साहित्यिक टोली काठमाडौँमा

ड्रागन मिडिया सम्वाददाता

लु शुन सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष झाउ लिङफेई नेतृत्वको १४ सदस्यीय चिनियाँ साहित्यिक तथा सांस्कृतिक टोली काठमाडौँ आइपुगेको छ। टोलीलाई एसएस फाउन्डेसनले विशेष समारोह आयोजना गरी स्वागत तथा सम्मान गरेको छ।

समारोहमा फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले चिनियाँ सर्जकहरूको भ्रमणले नेपाल र चीनबीच साहित्य, संस्कृति र सभ्यताको आदानप्रदानलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनीहरूले नेपालको कला र संस्कृतिका क्षेत्रमा दुई देशबीच सहकार्य तथा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली तथा नेवारी गीत–सङ्गीत प्रस्तुत गरिएको थियो। चिनियाँ टोलीले पाटन दरबार क्षेत्रसहित काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरूको अवलोकन गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button