१ आश्विन २०८३, बिहीबार

९ लाख रुपैयाँ घुससहित नापी अधिकृत वली पक्राउ

काठमाडौं । नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका प्रमुख डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले वलीलाई टोखा नगरपालिका–५, वसुन्धारा चोकबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनलाई सेवाग्राहीबाट ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने कामका लागि वलीले सेवाग्राहीलाई अनावश्यक सास्ती तथा दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोली परिचालन भएको थियो।

अख्तियारको टोलीले अनुसन्धानका क्रममा वलीलाई घुस रकमसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका नापी अधिकृत वलीलाई विशेष अदालतमा पेश गरी थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button