१ आश्विन २०८३, बिहीबार

महाधिवेशन कार्यतालिका स्थगित गर्न पूर्णबहादुर खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गर्न सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।

खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन कार्यतालिका केही समय सार्दै पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग तत्काल वार्ता र संवाद गर्न थापालाई आग्रह गरेका हुन्।

वार्ता र संवादमार्फत पार्टीको एकता कायम गर्न अझै सम्भव रहेको उनको भनाइ छ। दुईवटा अलग–अलग महाधिवेशन अघि बढे कांग्रेस विभाजन हुन सक्ने चेतावनी दिँदै खड्काले त्यसले अन्य राजनीतिक दल तथा मुलुकमा समेत गम्भीर द्वन्द्व निम्त्याउन सक्ने आशंका व्यक्त गरेका छन्।

कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते तथा १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button