२ आश्विन २०८३, शुक्रबार

काठमाडौँ जिल्ला अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँसहित दुई जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँ जिल्ला अदालत परिसरबाट लागूऔषध मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका ६ का अजय थापा र विदुर नगरपालिका ९ का हरिराम गिरी रहेका छन्।

प्रहरीका अनुसार थापालाई ४ लाख ८० हजार रुपैयाँसहित अदालत परिसरबाट पक्राउ गरिएको हो। उनले लागूऔषध मुद्दामा थुनामा रहेका बिमल घलेलाई छुटाइदिने भन्दै उक्त रकम लिएको आरोप छ। घलेलाई शुक्रबार थुनछेक बहसका लागि इजलाससमक्ष पेश गरिएको थियो।

घलेलाई छुटाइदिने प्रयोजनका लागि रकम लिएको आरोपमा थापालाई अदालत परिसरमै नियन्त्रणमा लिइएको बताइएको छ। उनीसँगै उक्त रकम लिएर आएका भनिएका गिरीलाई पनि पक्राउ गरिएको छ।

पक्राउ परेका दुवै जनाको भूमिका तथा रकम लेनदेनको उद्देश्यबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ। आरोपको अन्तिम कानुनी निरुपण भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button