आबामा तीनदिने बिलियर्ड्स प्रतियोगिता

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचुवान प्रान्तस्थित आबा काउन्टीमा सर्वसाधारणलाई खेलकुद र नियमित शारीरिक अभ्यासमा सहभागी गराउने उद्देश्यले तीनदिने बिलियर्ड्स प्रतियोगिता आयोजना गरिएको छ। सेप्टेम्बर १६ देखि शुरु भएको प्रतियोगितामा विभिन्न क्षेत्रका बिलियर्ड्स खेलाडी तथा खेलप्रेमीको उत्साहजनक सहभागिता रहेको छ।

प्रतियोगितामा सहभागी खेलाडीको प्रतिस्पर्धा क्रम गोलाप्रथाबाट निर्धारण गरी विभिन्न चरणमा खेल सञ्चालन गरिएको थियो। प्रतिस्पर्धाका क्रममा खेलाडीहरूले लक्ष्य निर्धारण, बल नियन्त्रण र प्रहारसम्बन्धी आफ्नो खेलकौशल प्रदर्शन गरेका थिए। खेलाडी र दर्शकको उल्लेख्य उपस्थितिले प्रतियोगितास्थल उत्साहपूर्ण बनेको थियो।

स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्दै सर्वसाधारणको शारीरिक तथा मनोरञ्जनात्मक जीवनलाई थप सक्रिय बनाउनु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको जनाइएको छ। प्रतियोगिताले बिलियर्ड्सप्रति स्थानीयको रुचि बढाउनुका साथै विभिन्न क्षेत्रका खेलाडीलाई प्रतिस्पर्धा र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले नियमित खेलकुद अभ्यासलाई प्रोत्साहन गर्दै स्वस्थ जीवनशैली र समुदायबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।





