३ आश्विन २०८३, शनिबार

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ११ शव निकालिए, बेपत्ताको खोजी जारी

ड्रागन मिडिया सम्वाददाता

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार ११ जनाको शव निकालिएको छ। आयोजनाको अडिट–३ सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका शव संयुक्त उद्धार टोलीले बाहिर निकालेको हो।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी तथा उद्धार कार्य सञ्चालन गरेको थियो। कठिन परिस्थितिका बीच टोलीले जालीमा अल्झिएका र हिलोमा पुरिएका शव निकाल्न सफल भएको हो।

अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन व्यक्तिहरूको खोजी अझै जारी छ। सुरुङभित्र थप व्यक्ति रहेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ।

शनिबार निकालिएका शवको पहिचानसम्बन्धी विवरण भने प्राप्त भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button