चीनको सिचुआनमा पहिरो, पाँच जना बेपत्ता

ड्रागन मिडिया समाचार कक्ष
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा शनिबार बिहान गएको लेदोमाटोसहितको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार पानचिह्वा शहरअन्तर्गत यानबियान काउन्टीको सिचियाकोउ सुरुङनजिक पहिरो गएको हो।
घटनापछि सिचुआन प्रान्तीय आपत्कालीन व्यवस्थापन विभागले उद्धार कार्यमा मार्गदर्शन र समन्वय गर्न एक कार्यदल घटनास्थलमा पठाएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
पहिरोबाट भएको अन्य क्षति र बेपत्ता व्यक्तिहरूको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।





