४ आश्विन २०८३, आईतवार

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न, आज ३१ जिल्लामा जारी

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार शुरु भएको वडा अधिवेशन आइतबार पनि जारी छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो दिन ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ भने बाँकी ३१ जिल्लामा निर्धारित कार्यतालिकाअनुसार अधिवेशन भइरहेको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शनिबार सम्पन्न वडा अधिवेशनबाट सम्बन्धित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। समितिले अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा शुरु भएको जनाएको छ। असोज १६ देखि १९ गतेसम्म निर्धारित १५औँ केन्द्रीय महाधिवेशनको तयारीस्वरूप पार्टीले वडा तहबाट नेतृत्व तथा प्रतिनिधि चयन प्रक्रिया अघि बढाएको हो।

शनिबार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा र बागलुङमा वडा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा पनि वडा अधिवेशन सम्पन्न भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button