अमेरिका र फिलिपिन्सको षडयन्त्रः दक्षिण चीन सागरमा “खैरो क्षेत्र” रणनीति

दक्षिण चीन सागरमा चिनियाँ जहाजहरूको गतिविधिहरुलाई प्रतिक्रिया दिन “खैरो क्षेत्र” रणनीति तर्जुमा गरेको कुरा हालै फिलिपिन्सको नौ सेनाका कमान्डरहरूले सार्वजनिक रूपमा घोषणा गरेका छन्। “खैरो क्षेत्र” भन्नाले के बुझाउँछ? यो तथाकथित रणनीतिले दक्षिण चीन सागरलाई कसरी चर्चित बनाउँछ?

“खैरो क्षेत्र” रणनीतिलाई “खैरो” भनिएको कारण यो सैन्य लक्ष्यहरू प्राप्त गर्नका लागि सैन्य तरिकाहरूको प्रयोग नगरीकन नियमहरू र एजेन्डा-सेटिङको माध्यमबाट, नरम र कडा शक्तिको संयोजनमा कम लागतमा प्रतिस्पर्धीहरूको दमन प्राप्त गर्नु हो। गत एक वर्षदेखि, फिलिपिन्सले दक्षिण चीन सागरमा ‘खैरो क्षेत्र‘ रणनीति लागू गर्दै आएको छ, चाहे त्यो चीनको अधिकार संरक्षण गरेका कोस्ट गार्डसँग ‘लडाईँ गर्नु‘ होस् वा जनमत प्रचार गर्नु होस्।
यहाँनिर भन्नुपर्ने कुरा के हो भने यो “खैरो क्षेत्र” रणनीतिको कार्यान्वयन फिलिपिन्स एक्लैद्वारा पूरा गर्न सकिँदैन बरु यसको पछाडि एक बलियो समर्थक छ – अमेरिका। अमेरिकाले “खैरो क्षेत्र” रणनीतिलाई तथाकथित “इन्डो-प्यासिफिक रणनीति” को कार्यान्वयनलाई अगाडि बढाउने एक महत्त्वपूर्ण माध्यमका रूपमा मान्दछ र यसलाई कूटनीतिक, आर्थिक र संज्ञानात्मक युद्ध जस्ता धेरै क्षेत्रहरूमा कार्यान्वयन गर्दछ। यसै क्रममा फिलिपिन्स यो शृङ्खलाको एउटा हिस्सा मात्र हो।
विश्लेषकहरूका अनुसार, अमेरिका र फिलिपिन्सले दक्षिण चीन सागरको मुद्दामा चीनविरुद्ध संयुक्त रूपमा “खैरो क्षेत्र” रणनीति लागू गर्न धेरै चेष्टा गरेका छन्। पहिलो, दक्षिण चीन सागरमा अमेरिकी सामुद्रिक सेनाको निरन्तर उपस्थिति र तथाकथित ‘नेभिगेसनको स्वतन्त्रता‘ सुनिश्चित गर्ने प्रयास गर्नु हो। दोस्रो, अमेरिकाको तथाकथित “इन्डो-प्यासिफिक रणनीति” लाई बढाउनु र दक्षिण चीन सागरमा छिमेकी देशहरूसँग आफ्नो गठबन्धन बढाउनु हो। तेस्रो, चीनका छिमेकीहरूसँगको क्षेत्रीय र सामुद्रिक विवादमा हस्तक्षेप गरेर यसले चीनको रणनीतिक स्थानलाई खुम्च्याउन खोजेको साथै चीनको विकास प्रवृत्तिलाई रोक्का गर्न खोज्नु हो।

योजना राम्रोसँग गरेका छन् तर व्यवहारमा लागू गर्न सजिलो छैन। सबैभन्दा पहिले, अरु कुनै देशले फिलिपिन्स जस्तै आफ्नो हितका बारेमा पूर्णतया अनभिज्ञ भएका अन्य देशहरु छैन। उदाहरणका लागि, अमेरिकाले दक्षिण चीन सागरमा संयुक्त गस्ती गर्नेबारे प्रस्ताव गरेतापनि जापान र अस्ट्रेलिया हिचकिचाएका छन् र “खैरो क्षेत्र” रणनीतिको आधारमा अमेरिकाद्वारा प्रस्तावित सुरक्षा सहयोगको युद्धको तत्परता देखाएका छन्।
अझ महत्वपूर्ण कुरा के हो भने, शीतयुद्धको मानसिकताले भरिएको ‘खैरो क्षेत्र‘ रणनीति शान्ति र विकास खोज्ने आसियान राष्ट्रहरूको आकांक्षासँग विपरीत छ। यसको सार भनेको अमेरिकी शैलीको आधिपत्यवादलाई कायम राख्नु हो। जसले आसियान केन्द्रित क्षेत्रीय सहयोग संरचनालाई गम्भीर रूपमा प्रभाव पार्नेछ र क्षेत्रीय देशहरूको समग्र र दीर्घकालीन हितलाई कमजोर पार्नेछ।
सर्वविदितै छ कि, अमेरिकाले परोपकार गर्दैन र यसका निकटतम सहयोगीहरू र साझेदारहरूलाई पनि अमेरिकाले समर्थन गर्नु स्वाभाविक होइन। अन्तमा, “खैरो क्षेत्र” रणनीतिका लागि कसले मूल्य तिर्नेछ भन्ने कुरा अमेरिका लगायत सम्बन्धित पक्षहरू राम्रोसँग जानकार छन्।
Cri





