दसैँ, तिहार र छठको यातायात व्यवस्थापनबारे छलफल गर्न समितिको बैठक

ड्रागन मिडिया सम्वाददाता
दसैँ, तिहार र छठका बेला यात्रु आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ। बैठक आगामी सोमबार बिहान ९ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले बैठकमा यातायात व्यवस्थापनका उपायबारे छलफल हुने समितिले जनाएको छ। बैठकमा उपस्थित हुन समितिका सदस्य तथा सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।
हालैको वर्षा, बाढी र पहिरोले विभिन्न सडकमा आवागमन प्रभावित भइरहेका बेला चाडपर्वको यात्रा व्यवस्थापनबारे बैठक बोलाइएको हो। बैठकबाट हुने निर्णयबारे भने समितिले अहिलेसम्म जानकारी दिएको छैन।





