१२ आश्विन २०८३, सोमबार

आज हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना

ड्रागन मिडिया सम्वाददाता

मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्छ।

सोमबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ। पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। महाशाखाले आजको पूर्वानुमानमा भारी वर्षा हुने क्षेत्र उल्लेख गरेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button