१२ आश्विन २०८३, सोमबार

सांसद खतिवडाबारे दिएको अभिव्यक्तिपछि दुर्गा प्रसाईँ पक्राउ

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाबारे दिएको अभिव्यक्तिसम्बन्धी उजुरीपछि प्रहरीले मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई सोमबार भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको छ। प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रेसले जनाएको छ।

प्रसाईँले सांसद खतिवडाले आफ्नो छोराको मृत्युको आधारमा संसदमा स्थान पाएको आशयको आरोप लगाएका थिए। जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचनाले उक्त अभिव्यक्तिप्रति प्रतिनिधिसभा बैठकमै आपत्ति जनाएकी थिइन्। त्यसपछि खतिवडाको परिवारबाट ब्यूरोमा उजुरी दिइएको बताइएको छ।

प्रसाईँका छोरा निराजन प्रसाईँले पक्राउ पुर्जी लिएर आएका साइबर ब्यूरोका प्रहरीले आफ्ना बुबालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। उजुरीमा लगाइएका कानुनी आरोप र प्रसाईँमाथि अघि बढाइने कारवाहीबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button