१६ आश्विन २०८३, शुक्रबार

दशैँमा पशुमाथिको क्रूरता रोक्न सांसद तामाङको माग

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले दशैँका नाममा पशुमाथि हुने क्रूरता रोक्न र पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था सुदृढ गर्न माग गरेकी छन्।

संसद्मा बोल्दै उनले मानिसका लागि उत्सव बनेर आउने दशैँ निर्दोष पशुका लागि भने पीडाको समय हुने गरेको बताइन्। चाडपर्वका बेला खसी, बोका र राँगाको बध गर्ने विषयमा मात्रै ध्यान केन्द्रित हुने गरेको उनको भनाइ थियो।

तामाङले खेतका आलीमा लखेट्ने, भीडभाडमा धारिलो हतियारले घोच्ने र लाठीले हिर्काएर बलि दिने जस्ता व्यवहार रोक्न आग्रह गरिन्। सार्वजनिक स्थलमा पशुलाई यातना दिइएका र क्रूरतापूर्वक बध गरिएका दृश्य देखिने गरेको भन्दै उनले त्यस्ता कार्य नियन्त्रण गर्न राज्यको ध्यानाकर्षण गराइन्।

विदेशमा पशुमाथिको क्रूरताका आधारमा सजाय हुने कडा कानुनी व्यवस्था रहेको उदाहरण दिँदै उनले नेपालमा पशु कल्याणसम्बन्धी कानुन कमजोर भएको टिप्पणी गरिन्। पशुबाट लाभ लिने तर तिनको कल्याण सुनिश्चित नगर्ने नीति कहिलेसम्म कायम रहने भन्ने प्रश्न गर्दै उनले पशु कल्याणका लागि प्रभावकारी कानुनी सुधार गर्न माग गरिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button