सभामुख अर्यालद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण

ड्रागन मिडिया सम्वाददाता
सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुष्पहार अर्पण गर्दै मधेस आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सहिदहरूको त्याग र योगदानको स्मरण गर्दै उनले उनीहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई आत्मसात् गर्नुपर्ने बताए।
सभामुख अर्याल सोमबार बिहान छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाटमा पनि सहभागी भएका थिए। उनको सचिवालयका अनुसार उनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुका साथै छठी माताको पूजा–आराधना गरेका थिए।





