धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २५ जना घाइते

ड्रागन मिडिया सम्वाददाता
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६:४० बजे चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गमा पल्टिएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको छ। उनीहरूलाई सामान्यदेखि मध्यम चोट लागेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।





