१६ आश्विन २०८३, शुक्रबार

म्यान्मामा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

ड्रागन मिडिया समाचार कक्ष

म्यान्माले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार राजधानी ने पि तावमा विशेष कार्यक्रम आयोजना गरेको छ। सरकारी दैनिक ‘म्यान्मा अलिन’ले शुक्रबार यसबारे समाचार प्रकाशित गरेको हो।

कार्यक्रममा सामाजिक कल्याण, राहत तथा पुनर्वासमन्त्री सो विनले ज्येष्ठ नागरिकको अनुभव र ज्ञान, परिवार तथा राष्ट्रका लागि गरेको सेवा र समुदाय एवं राष्ट्रिय विकासमा पुर्‍याएको योगदानको सम्मान गरिएको बताए।

यस वर्षको दिवस ‘दीर्घायुको युग : लामो जीवनका लागि प्रणालीको पुनर्विचार’ भन्ने नाराका साथ मनाइएको थियो।

भविष्यमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाँदा उनीहरूका आवश्यकता पूरा गर्न समयमै तयारी गर्नुपर्नेमा मन्त्रीले जोड दिए। ज्येष्ठ नागरिकले उचित स्वास्थ्य सेवा पाउने व्यवस्था सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको पनि उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button