१७ आश्विन २०८३, शनिबार

दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा

ड्रागन मिडिया सम्वाददाता

‘चमेलीको पोइ’ र ‘चंगुल’ शुक्रबारदेखि देशभरका चलचित्रघरमा प्रदर्शनमा आएका छन्। एभरेस्ट सूर्य बोहराले लेखन तथा निर्देशन गरेको ‘चमेलीको पोइ’ पारिवारिक हास्य तथा सामाजिक कथामा आधारित छ। चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल र नारायण त्रिपाठी मुख्य भूमिकामा छन्। नारायण त्रिपाठी करिब दुई दशकपछि ठूलो पर्दामा फर्किएका हुन्।

राम गौतम निर्देशित ‘चंगुल’मा रवि कार्की, लय सङ्ग्रौला र लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकार छन्। चलचित्रले देशको राजनीतिक र सामाजिक अवस्थालाई कथामा समेटेको निर्माण पक्षले जनाएको छ। चाडपर्वको प्रदर्शन सूचीमा दुई नयाँ नेपाली चलचित्र थपिएसँगै उनीहरूले यसअघि प्रदर्शनमा आएका नेपाली तथा विदेशी चलचित्रसँग दर्शक र प्रदर्शन समयका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button