भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल, दुई सदस्य नियुक्त

ड्रागन मिडिया सम्वाददाता
सङ्घीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयबाट नवराज तिमिल्सिना र अनिता खड्का समितिको सदस्यमा नियुक्त भएका हुन्।
नवनियुक्त पदाधिकारीले अस्पतालको व्यवस्थापन, विकास र सेवा विस्तारमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने जनाइएको छ।





