२ मंसिर २०८३, मंगलवार

स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

ललितपुरको नख्खुबाट स्रोत खुल्न नसकेको १ करोड ६७ लाख रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो ललितपुर महानगरपालिका–२ मा बा.प्र.०१–०२७ च २७६५ नम्बरको भ्यानमा रकम लिएर हिँडिरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१०, ललितपुरका ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वरका प्रज्वल रिजाल छन्। उनीहरू पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। कम्पनीका सञ्चालक भगवान शाह हुन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले रकमको स्रोत खुलाउन सकेका छैनन्। रकमको स्रोत र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button