शिक्षक दिवसमा शिक्षकहरूलाई पुटिनको शुभकामना

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शिक्षक दिवसका अवसरमा शिक्षक तथा शिक्षाकर्मीहरूलाई शुभकामना दिएका छन्। नयाँ पुस्तालाई शिक्षा र मार्गदर्शन दिन आफ्नो शक्ति, ऊर्जा र ज्ञान समर्पित गर्ने सबैप्रति उनले हार्दिक सम्मान व्यक्त गरेका छन्।
शिक्षण पेसा मात्र नभई महान् आह्वान र ठूलो जिम्मेवारी भएको पुटिनले बताएका छन्। यसका लागि बुद्धिमत्ता, धैर्य, बालबालिका तथा विद्यार्थीप्रतिको निरन्तर स्नेह र प्रत्येकमा रहेका विशिष्ट प्रतिभा तथा असल गुण पहिचान गर्ने क्षमता आवश्यक पर्ने उनले उल्लेख गरेका छन्।
शिक्षकहरूको माया, अनुभव र संवेदनशीलताले विद्यार्थीलाई आफूमा विश्वास गर्न सघाउने पुटिनको भनाइ छ। शिक्षकको सल्लाह, मार्गदर्शन र सहयोग विद्यार्थीको वयस्क जीवनका लागि आधार बनेर रहने विश्वास उनले व्यक्त गरेका छन्।





