२१ आश्विन २०८३, बुधबार

रुसी क्षेत्रमा एक सातामा ८,३८६ गोलाबारुद प्रहार भएको दाबी

ड्रागन मिडिया समाचार कक्ष

रुसी विदेश मन्त्रालयका विशेष जिम्मेवारीका राजदूत रोडियन मिरोशनिकले युक्रेनी सेनाले सेप्टेम्बर २८ देखि अक्टोबर ४ सम्म रूसको भूभागमा सर्वसाधारणका संरचनालाई लक्षित गरी करिब ८,३८६ गोलाबारुद प्रहार गरेको दाबी गरेका छन्।

उनका अनुसार अनुगमन सेवाहरूले पछिल्लो एक सातामा दैनिक १,२०० सम्म आक्रमण अभिलेख गरेका छन्। बेल्गोरोद, ब्रियान्स्क, जापोरोज्ये, कुर्स्क र खेरसोन क्षेत्र तथा डोनेत्स्क र लुगान्स्क जनगणतन्त्रमा सर्वसाधारण हताहत हुने घटना बढी भएको उनले बताए।

मिरोशनिकले युक्रेनी पक्षले मालवाहक तथा यात्रुवाहक सवारी, आवासीय भवन, सार्वजनिक उपयोगका संरचना, सामाजिक सेवा केन्द्र, विद्यालय, बालविकास केन्द्र, औद्योगिक भवन, कृषि उद्यम, राजमार्ग र पसलमा ड्रोन तथा अन्य गोलाबारुदबाट आक्रमण गरेको आरोप लगाए। विद्यालय बस र नियमित बस सेवामाथि पनि आक्रमण जारी रहेको उनको भनाइ छ।

उनका अनुसार सेप्टेम्बर २८ देखि अक्टोबर ४ सम्मका आक्रमणमा २३५ सर्वसाधारण हताहत भएका छन्। १९ बालबालिकासहित २०६ जना घाइते भएका र दुई बालबालिकासहित २९ जनाको मृत्यु भएको उनले बताए।

स्वास्थ्यकर्मी र उपचार सेवाका सवारीसाधनमाथि पनि आक्रमण भएको मिरोशनिकले आरोप लगाए। लुगान्स्क जनगणतन्त्रको जोरिन्स्क नजिक सडकमा एम्बुलेन्समाथि आक्रमण हुँदा चालक छर्रा लागेर घाइते भएको उनले बताए। खेरसोन क्षेत्रको काखोभ्कामा आपत्कालीन सेवाका लागि जाँदै गरेको सघन उपचार एम्बुलेन्सलाई युक्रेनी ड्रोनले प्रहार गरेको उनको दाबी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button