नोटमा बुद्धको तस्बिर नराख्नु राष्ट्रघाती कदम हुन सक्छ : पूर्वमन्त्री लामा

ड्रागन मिडिया सम्वाददाता
पूर्वमन्त्री तथा पूर्वसांसद छिरिङ डम्दुल लामाले नेपाली रुपैयाँका १००, ५०० र १,००० दरका नोटमा गौतम बुद्धको तस्बिर राख्न माग गरेका छन्। उनले २०८१/८२ मा अर्थ समिति र प्रतिनिधिसभा दुवै ठाउँमा पटकपटक यो विषय उठाएको बताएका छन्।
फेसबुकमा लेख्दै लामाले सरकारले अहिलेसम्म नोटमा बुद्धको तस्बिर नराखेको भन्दै राष्ट्रिय विभूतिलाई मान्यता नदिनु अपमान भएको टिप्पणी गरेका छन्। कुनै पनि सरकारले यस्तो निर्णयलाई निरन्तरता दिए त्यसलाई “डरछेरुवा कदम” र देशद्रोही तथा राष्ट्रघाती कदमका रूपमा लिन सकिने उनको भनाइ छ।





