२१ आश्विन २०८३, बुधबार

फिलिपिन्सलाई दक्षिण चीन सागरमा अतिक्रमण र उत्तेजक गतिविधि रोक्न चीनको आग्रह

ड्रागन मिडिया समाचार कक्ष

दक्षिण चीन सागरमा चीनको अधिकारक्षेत्रभित्र पर्ने हवाई क्षेत्र र जलक्षेत्रमा प्रवेश तथा उत्तेजक गतिविधि तत्काल रोक्न चीनले फिलिपिन्सलाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार फिलिपिन्सका विमान र जलयानले अनुमतिबिना चिनियाँ अधिकारक्षेत्रमा प्रवेश गरेको आरोप लगाए।

फिलिपिन्सले आफ्ना सरकारी विमान र जलयानलाई चिनियाँ सेना तथा तटरक्षकले दुःख दिएको आरोप लगाएपछि पत्रकारको प्रश्नको जवाफ दिँदै गुओले चीनको हुआङ्यान दाओ र नान्शा छुन्ताओ—त्यसअन्तर्गत चोङये दाओ र तिएश्येन जियाओसहित—तथा तिनका आसपासका जलक्षेत्रमा चीनको सार्वभौमिकता रहेको बताए। सम्बन्धित जलक्षेत्रमा चीनको सार्वभौम अधिकार र अधिकारक्षेत्रसमेत रहेको उनको भनाइ थियो।

गुओका अनुसार फिलिपिन्सको भूभागको सीमा विभिन्न अन्तर्राष्ट्रिय सन्धिले निर्धारण गरेका छन् र चीनले आफ्नो दाबी गरेका यी टापु त्यस सीमाभन्दा बाहिर पर्छन्। पछिल्ला दिनमा फिलिपिन्सका विमान र जलयानले चीनको अनुमति नलिई उक्त हवाई तथा जलक्षेत्रमा प्रवेश गरेर चीनको नियमित कानुन कार्यान्वयन कार्यमा अवरोध पुर्‍याएको उनले बताए। यस्तो गतिविधिले चीनको सार्वभौमिकता र अधिकारक्षेत्रको गम्भीर उल्लङ्घन गर्नुका साथै दक्षिण चीन सागरको शान्ति र स्थिरता कमजोर पार्ने उनको आरोप थियो।

चिनियाँ सेना र तटरक्षकले कानुनअनुसार जवाफी कदम चाल्नु पूर्णतः वैध र उचित भएको गुओले बताए। चीनले आफ्नो भूभागीय सार्वभौमिकता तथा दक्षिण चीन सागरमा समुद्री अधिकार र हितको रक्षा गर्न आवश्यक कदम जारी राख्ने भन्दै उनले फिलिपिन्सलाई अतिक्रमण र उत्तेजक गतिविधि तत्काल रोक्न आग्रह गरे।

सिन्ह्वाका अनुसार चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमान्डले शनिबार चिनियाँ सरकारको अनुमति नलिई हुआङ्यान दाओमाथिको चिनियाँ भूभागीय हवाई क्षेत्रमा प्रवेश गरेको फिलिपिन्सको सी–२०८ विमानलाई हटाएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button