कांग्रेस केन्द्रीय कार्यसमितिका उम्मेदवारको पहिलो सूची सार्वजनिक, सभापतिमा तीन जना

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमिति निर्वाचनका उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ।
समितिका अनुसार सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ। एक पदका लागि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी दर्ता भएको छ।
उम्मेदवारको पहिलो नामावलीमा दाबी, विरोध वा आपत्ति भए आवश्यक कागजातसहित आज बिहान १० देखि १२ बजेसम्म केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न समितिले जनाएको छ। दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशित गरिनेछ।





