२१ आश्विन २०८३, बुधबार

तीन दिन वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

ड्रागन मिडिया सम्वाददाता

मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २१ देखि २३ गतेसम्म देशका अधिकांश भूभागमा बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्छ।

बिहीबार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

तीनै दिन हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ। तराई क्षेत्रमा बिहान हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button