२७ आश्विन २०८३, मंगलवार

३७ वर्षमाथिको रात्री फुटबलका खेल तालिका सार्वजनिक

ड्रागन मिडिया सम्वाददाता

बाँकेको खजुरा–४ स्थित मुस्कटवा बाबा मैदानमा आयोजना हुने ३७ वर्षमाथिको रात्री पाँच पक्षीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। ब्रदर्स एफसीले आयोजना गर्ने प्रतियोगितामा दुई समूहका १४ टोली सहभागी हुनेछन्।

असोज २७ देखि ३० गतेसम्म प्रारम्भिक चरण र सेमिफाइनलका खेल हुनेछन्। असोज २७ गते सङ्घारी एफसी (ए) र सिमलघारी एफसीबीच साँझ ६ बजे तथा शिक्षक टोली र पूर्वसैनिक टोलीबीच साँझ ७ बजे खेल हुनेछ। सोही दिन भैयापुर एफसी र ब्रदर्स एफसीबीच राति ८ बजे तथा हिमालयन एफसी र सिर्जनशील एफसीबीच साँझ ७ बजे प्रतिस्पर्धा हुनेछ।

असोज २८ गते सङ्घारी एफसी (बी) र न्यु डाँफे क्लबबीच साँझ ६ बजे तथा आदर्श युवा क्लब र डिस्टलरी (खजुरा खुद्रा) बीच राति ८ बजे खेल हुनेछ। बाँकी खेल तालिकाअनुसार समूह चरणका खेल असोज २९ गते र सेमिफाइनल असोज ३० गते हुनेछन्।

प्रतियोगिताको फाइनल असोज ३१ गते साँझ ६ बजे खेलाइनेछ। विजेता र उपविजेता टोलीले एक–एक वटा खसी पुरस्कार पाउनेछन्। प्रतियोगितामा टोली प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकिएको छ। प्रत्येक टोलीमा पाँच खेलाडी र तीन अतिरिक्त खेलाडीसहित आठ सदस्य रहनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button