प्रश्नपत्र चुहावटको आरोपपछि महाराष्ट्र लोकसेवा आयोगका अध्यक्ष बिदामा

ड्रागन मिडिया सम्वाददाता
महाराष्ट्र लोकसेवा आयोगका अध्यक्ष विवेक भीमनवार प्रश्नपत्र चुहावट र परीक्षासम्बन्धी अनियमितताको आरोपमा छानबिन पूरा नभएसम्मका लागि बिदामा बसेका छन्। राज्य सरकारले आरोपको जाँच गर्न उच्चस्तरीय समिति गठन गरेको छ। पूर्वन्यायाधीश दिलीप भोसलेको नेतृत्वमा रहेको समितिको सचिवमा वरिष्ठ प्रशासकीय अधिकारी तुकाराम मुंढे नियुक्त भएका छन्।
सरकारी भर्ती परीक्षामा अनियमितता भएको भन्दै पुणेमा १० दिनदेखि प्रदर्शन गरिरहेका परीक्षार्थीले छानबिनको माग स्वीकार भएपछि आन्दोलन स्थगित गरेका छन्। आरोपको निष्कर्ष छानबिनपछि आउनेछ।





