२७ आश्विन २०८३, मंगलवार

विश्व बैंक र मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले थाइल्याण्ड प्रस्थान

ड्रागन मिडिया सम्वाददाता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन्।

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकका क्रममा वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता र छलफलमा भाग लिने कार्यक्रम छ।

उनका साथमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि ब्याङ्कक गएका छन्।

अर्थमन्त्री वाग्ले कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button