२७ आश्विन २०८३, मंगलवार

आरोपित नेतामाथि दलले नै छानबिन गर्ने हो भने राज्यका अनुसन्धान निकाय किन?

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिस्ट पार्टीका बाँकेका युवा नेता टंकप्रसादले विभिन्न दलका नेतामाथि आरोप लाग्दा सम्बन्धित दलले नै छानबिन गर्ने अभ्यासमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतामाथि आरोप लाग्दा ती दलले नै छानबिन गर्ने हो भने राज्यका अनुसन्धान निकायको औचित्य के हुने भनी प्रश्न गरेका छन्।

उनले लेखेका छन्, “माओवादीका नेतालाई आरोप लाग्यो, माओवादीले छानबिन गर्ने? कांग्रेसका नेतालाई आरोप लाग्यो, कांग्रेसले छानबिन गर्ने? एमालेका नेता–कार्यकर्तालाई आरोप लाग्यो, एमालेले छानबिन गर्ने? रास्वपाका नेता–कार्यकर्तालाई आरोप लाग्यो, रास्वपाले छानबिन गर्ने? अनि राज्यका यत्रा तलब र भत्ता खुवाएर राखिएका अनुसन्धान गर्ने निकायचाहिँ केका लागि राखिएका हुन्?”

उनको टिप्पणीले नेतामाथि लागेका आरोपको छानबिन दलको आन्तरिक प्रक्रियामा मात्र सीमित राख्ने अभ्यास र राज्यका अनुसन्धान निकायको भूमिकाबारे बहस उठाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button