प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया सफल

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिससम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहीबार बिहान करिब ४ बजे शल्यक्रिया गरिएको हो।
अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको अस्पतालसम्बन्धी विवरणमा उल्लेख छ।
चिकित्सकका अनुसार काफ्लेको स्वास्थ्य अवस्था स्थिर र सामान्य छ। शल्यक्रियाका क्रममा प्रधानमन्त्री शाह अस्पतालमै उपस्थित थिए।





