११ कार्तिक २०८३, मंगलवार

गुवाहाटीको होटलमा गोली चल्दा पाँच जनाको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष

भारतको आसाम राज्यस्थित गुवाहाटीको एक होटलमा होटल मालिक र भाडामा सञ्चालन गर्ने व्यक्तिबीच विवाद हुँदा गोली चलेको छ। घटनामा घाइते भएका छ जनामध्ये पाँच जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे जीएस रोडस्थित बोरा सर्भिसअगाडिको होटल बिलास इनमा घटना भएको हो। उक्त स्थान आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा पर्छ।

घटनालगत्तै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। गोली चलाउन ३२ बोरको अनुमतिप्राप्त पेस्तोल प्रयोग भएको र उक्त हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button