११ कार्तिक २०८३, मंगलवार

झापामा असोजमा २२ विपद घटना, १० करोडभन्दा बढीको क्षति

ड्रागन मिडिया सम्वाददाता

झापामा गत असोजमा भएका २२ विपद घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, वन्यजन्तुको आक्रमण र चट्याङका घटनामा एक जना घाइते भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोजमा १२ आगलागीका घटना भएका थिए। ती घटनामा एक जना घाइते हुनुका साथै १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँबराबरको सम्पत्ति नष्ट भएको छ।

यस अवधिमा वन्यजन्तुको आक्रमणका नौ घटना भएका थिए। तीबाट तीन लाख ८९ हजार रुपैयाँबराबरको क्षति भएको र जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। चट्याङको एउटा घटनाबाट एक लाख रुपैयाँबराबरको क्षति भएको थियो।

प्रहरीले विद्युतीय उपकरण र आगो प्रयोग गर्दा सावधानी अपनाउन तथा वन र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई वन्यजन्तुबाट जोगिन सतर्क रहन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button