युक्रेनबारे त्रिपक्षीय वार्ता नोभेम्बर ४ पछि अबुधाबीमा हुने

ड्रागन मिडिया समाचार कक्ष
युक्रेनबारे मस्को, कीभ र वासिङ्टनका प्रतिनिधिबीच हुने त्रिपक्षीय वार्ता नोभेम्बर ४ पछि अबुधाबीमा आयोजना हुने क्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन्। वार्ताको ठ्याक्कै मिति भने तय भइसकेको छैन।
पत्रकारसँग कुरा गर्दै उशाकोभले मिति चाँडै निर्धारण गरिने बताए। वार्ता नोभेम्बर ४ मै हुने भन्ने समाचारको खण्डन गर्दै उनले त्यसबारे कुनै सङ्केत नदिइएको र छलफल जारी रहेको स्पष्ट पारे।





